फोटोनले पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप्यो, बिक्रीपछिको सेवा नेटवर्क २१ स्थानमा विस्तार
arthadabali.com · Mon Jul 13 13:40:38 GMT 2026

काठमाडौँ / फोटोनले नेपालमा आफ्नो बिक्रीपछिको सेवा (After-sales Service) विस्तार गर्दै भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ ‘FOTON Total Care Shield Service Point’ सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार नयाँ सेवा केन्द्र सञ्चालनसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ। यसबाट देशभरका विद्युतीय (EV) सवारीसाधन प्रयोगकर्ताले स्थानीयस्तरमै मर्मतसम्भार, प्राविधिक परीक्षण तथा आवश्यक प्राविधिक सहायता सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)