मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर तथा स्वच्छ खानेपानीका सामाग्रीहरु हस्तान्तरण
kendrabindu.com · Mon Jul 13 14:10:10 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।
यस कार्यक्रम अन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी लाई र स्थानीय तह मार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको छ । बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङ्ग स्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नं. वडा कार्यालय मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान व्हीलचेयर हस्तानतरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)