सुदूरपश्चिमको बजेटबारे एमालेसँग थप छलफल गर्न गगन थापाको जोड
nepalpress.com · Mon Jul 13 14:17:56 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेश सरकारको बजेटका विषयमा सत्ता साझेदार नेकपा (एमाले) सँग थप छलफल र परामर्श गरेर सहमतिका आधारमा अघि बढ्न मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव दिएका छन् ।
बजेट विवादलगायतका विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री शाहसँगको भेटमा सभापति थापाले कांग्रेस–एमाले गठबन्धनको भावनाअनुरूप सहमति र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)