सञ्चार संस्थाको काममा अवरोध नपुर्याउ : नेकपा
onlinekhabar.com · Mon Jul 13 14:51:29 GMT 2026

२९ असार, काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीले देशका प्रमुख सञ्चार गृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुर्याउने तथा सञ्चारकर्मीहरूलाई त्रसित बनाउने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)