बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते
gorkhapatraonline.com · Wed Sep 02 12:56:59 GMT 2026

जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधाबार साँझ साढे पाँच बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएको कार्यालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)