मदन-आश्रीत स्मृतिमा रक्तदान र विचार गोष्ठी
gorkhapatraonline.com · Sun May 17 18:15:59 GMT 2026

नेकपा (एमाले) ले आइतबार धनगढीमा रक्तदान र विचार गोष्ठी सम्पन्न गरेको छ । ३३औं मदनआश्रीत स्मृति दिवसको अवसरमा एमाले धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान र सुदूरपश्चिम प्रदेश कमिटीले नेपालको लोकतान्त्रिक आन्दोलनको मदन-आश्रीतको भूमिका विषयक विचार गोष्ठी सम्पन्न गरेको हो।
नगर कमिटीको आयोजनामा धनगढीको पार्कमोडमा गरिएको कार्यक्रममा रक्तदान कार्यक्रम सक्रियतापूर्वक सम्पन्न भएको नगर कमिटी अध्यक्ष अम्बिका बिष्टले बताउनुभयो । उहाँकाअनुसार रक्तदानमा २५ पिन्ट रगत संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)