आदिकवि भानुभक्तको भाषिक पुनर्जागरण र रामायणका जीवनोपयोगी आदर्श
nepalpress.com · Mon Jul 13 15:58:36 GMT 2026

हरेक वर्ष असार २९ गते नेपाली वाङ्मयमा एउटा विशिष्ट र गौरवमय उत्सव छाउँछ-भानु जयन्ती । आज आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्ती हो । आदिकवि भानुभक्त आचार्य केवल एक ऐतिहासिक साहित्यकार मात्र होइनन्, उनी नेपाली भाषा, साहित्य र सांस्कृतिक भावनात्मक एकताका तेजिला धरोहर हुन् ।
तत्कालीन समयमा संस्कृत भाषाको विशाल र दुर्गम सागरमा सीमित रहेको रामायणलाई नेपाली माटोको सुवास, सरल शब्द संयोजन र लोक जीवनको सुमधुर लय (छन्द) मा ढालेर भानुभक्तले नेपाली जातिमाथि जुन ऐतिहासिक गुन लगाए, त्यसले संसारभरि छरिएर रहेका नेपाली भाषीहरूलाई एउटै भावनात्मक र राष्ट्रिय सूत्रमा बाँध्ने अद्वितीय काम गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)