इलाममा दोहोरिने सडक समस्या समाधान गर्न सरकारसँग सुहाङ नेम्बाङको माग
nepalpress.com · Mon Jul 13 16:09:46 GMT 2026

काठमाडौँ । सांसद सुहाङ नेम्बाङले इलाममा वर्षायामसँगै प्रत्येक वर्ष दोहोरिने सडक अवरुद्धको समस्या अब पूर्वाधारको मात्र नभई नागरिकको मानवअधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको बताएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले इलाममा हरेक वर्ष वर्षा सुरु भएसँगै मेची राजमार्ग तथा वैकल्पिक सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको सडक सम्पर्क विच्छेद हुने, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी रोकिने, इन्धन र औषधिको आपूर्ति जोखिममा पर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)