बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
nagariknews.nagariknetwork.com · Mon Jul 13 16:20:21 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो। बाढीले कङ्क्रिट उत्पादन केन्द्र, गिट्टी प्रशोधन केन्द्र लगायत संरचनामा क्षति पुर्याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)