ई-जीपीमार्फत बोलपत्र आह्वान गर्दा अब दस्तुर नलाग्ने; सादा कागजको पीडीएफ अपलोड गरे पुग्ने
techpana.com · Mon Jul 13 17:44:02 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई-जीपी) मार्फत बोलपत्र आह्वान गर्दा अबदेखि कुनै पनि दस्तुर नलिन सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ । सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको नयाँ व्यवस्था कार्यान्वयनका लागि कार्यालयले सोमबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार अबदेखि ई-जीपी प्रणालीमार्फत बोलपत्र आह्वान गर्दा सार्वजनिक निकायहरूले बोलपत्र दस्तुरको महलमा शून्य ('०') राख्नुपर्नेछ । यसैगरी, बैंकको नाम छनोट गर्ने ठाउँमा 'Not Applicable' (लागु नहुने) विकल्प छनोट गरी बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढाउन कार्यालयले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)