सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
barnanmedia.com · Wed Jul 01 23:52:21 GMT 2026

तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत्वका जडीबुटीको उत्पादनतर्फ समुदाय अग्रसर भएपछि देवघाट क्षेत्र जडीबुटी खेतीको केन्द्र बन्न लागेको हो ।
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले तनहुँ जिल्लामै पहिलो पटक सर्पगन्धाको व्यावसायिक खेती थालेको छ । समूहले गत आर्थिक वर्षदेखि चार रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपण गरेको छ । उक्त परियोजनामा डिभिजन वन कार्यालय तनहुँले रु चार लाख र मधुवन सामुदायिक वनले रु एक लाख दश हजार गरी कुल पाँच लाख १० हजार लगानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)