शिवम् सिमेन्टले २ अर्ब ३४ करोड रुपैंयाँ विद्युत महशुल तिर्न बाँकी, प्राधिकरण मौन
hamrakura.com · Mon Aug 30 00:00:00 GMT 2021
हेटौंडा । नेपाल बिद्युत प्राधिकरणले सामान्यतया केही महिना निजी घरको विजुलीको महशुल नदिर्दा लाइन कटौती गर्छ । तर शक्ति र दादागिरी चलाउन सक्नेलाई भने प्राधिकरणले एक सय प्रतिशत नै छुट दिने रहेछ भन्ने उदाहरण हेटौंडामा देखिएको छ ।
हेटौंडाको हटियामा रहको शिवम् सिमेन्ट उद्योगले अर्बौं रुपैंयाँ तिर्न बाँकी छ । तर नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले उद्योगको लाईन काट्ने हिम्मत गर्न सकेको छैन् । हेटौंडा उपमहानगरपालिका–१६ स्थित हटियामा रहेको शिवम् सिमेन्टले दुई अर्ब ३४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । बारम्बार ताकेता गर्दा समेत शिवम् सिमेन्टले अर्बौं रकम नतिरी बसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)