मौरीपालनमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर, घार बेचेर कमाउँछन् बार्षिक १० लाखसम्म
arthadabali.com · Thu Jul 02 00:20:12 GMT 2026

खोटाङ / बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त छन्। कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आएका उनले व्यावसायिक रूपमा मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गरेका छन् ।
घरको भित्तामा रहेको खोपाको मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गरेका वडाध्यक्ष राईको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’मा अहिले १८ आधुनिक घारमा मौरी छन् । जङ्गलबाट आफैँ आएर खोपामा बसेको मौरीलाई उनले व्यवसायिक रूप दिन आधुनिक घारमा सारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)