बागमती प्रदेशले समस्याग्रस्त ५ सहकारीका साना बचतकर्ताले रकम फिर्ता गर्ने
nepalviews.com · Tue Jul 14 01:04:18 GMT 2026

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँचवटा बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि यो प्रक्रिया अघि बढाएको हो।
सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले आफ्नो रकम फिर्ता पाउने भएका हुन्। समितिका सदस्य रामेश्वर ढकालका अनुसार, सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका अधिकतम १ लाख रुपैयाँसम्म बचत भएका र दर्शन सहकारीका १० हजार रुपैयाँसम्म बचत भएका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)