मेसी–एमबाप्पेबीच महाभिडन्त
annapurnapost.com · Tue Jul 14 01:08:09 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ को उपाधिको प्रतिस्पर्धा अन्तिम चरणमा पुग्दा अर्को प्रतिष्ठित व्यक्तिगत पुरस्कार ‘गोल्डेन बुट’को दौड पनि उत्तिकै रोमाञ्चक बनेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा विश्वका उत्कृष्ट स्ट्राइकरहरूबीच सर्वाधिक गोलकर्ताको दौडका लागि कडा प्रतिस्पर्धा भइरहेको छ।
क्वार्टरफाइनल सकिँदासम्म फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। दुवैले समान ८ गोल गरेका छन्। तर, गोल असिस्टमा एमबाप्पे अघि रहेकाले उनी शीर्ष स्थानमा छन्। फिफाको नियमअनुसार गोल संख्या बराबर भए असिस्टका आधारमा वरीयता निर्धारण गरिन्छ। त्यसपछि पनि बराबरी भए कम समय मैदानमा बिताएको खेलाडीलाई विजेता घोषणा गरिन्छ। यही कारण एमबाप्पे शीर्ष स्थानमा रहेका हुन्। उनले ८ गोलसँगै तीन असिस्ट पनि गरेका छन्। दोस्रो स्थानका मेसीले ८ गोल र एक असिस्ट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)