फलफूल, घ्यू-तेल र यातायातको मूल्यवृद्धि उच्च, तराईमा महँगी सबैभन्दा बढी
aarthiknews.com

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार जेठ महिनामा भने वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो। एक वर्षको अवधिमा उपभोक्ता मूल्यवृद्धिको दर बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)