विश्वकप २०२६ : केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा
kendrabindu.com · Thu Jul 02 00:33:01 GMT 2026
एटलान्टा । कप्तान ह्यारी केनले गरेको दुई गोलमा इंग्ल्यान्ड उत्कृष्ट पुनरागमन गर्नै विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । इंग्ल्यान्डले बुधबार एटलान्टामा डीआर कंगोलाई २–१ ले पराजित गर्यो । इंग्ल्यान्डले अब एजटेका रंगशालामा गएर घरेलु टोली मेक्सिकोसँग क्वाटरफाइनलमा स्थान पाउन खेल्ने छ ।
यस विश्वकपको पहिलो खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोकेर आश्चार्यमा पारको डीआर कंगोले इंग्ल्यान्डविरुद्ध पनि अर्को अप्रत्यासित नतिजा निकाल्ने संकेत गरेको थियो । ब्रायन किबाम्पे किपेन्गाले सातौं मिनेटमा गोल गर्दै कंगोलाई अग्रता दिलाई इंग्ल्यान्डलाई आश्चार्यमा पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)