भीम उपाध्यायविरुद्ध चरित्रहत्याको आरोप, साइबर ब्युरोमा उजुरी दर्ता
himalpress.com · Thu Jul 02 00:31:34 GMT 2026

काठमाडौँ- नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा.दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो ।काउन्सिलले भोटाहिटीस्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा। दिपेन्द्र पाण्डेको तस्विर अनधिकृत रूपमा प्रयोग गरी भ्रामक र निन्दनीय पोस्ट गरेको जिकिर गरिएको छ । उक्त पोस्टमा उपाध्यायले ‘नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने…’ भन्दै निमित्त रजिष्ट्रार र काउन्सिलका अन्य पदाधिकारीविरुद्ध गालीगलौज गरेको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)