गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
nepalpress.com · Tue Jul 14 01:10:34 GMT 2026

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५ सय हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उनको भनाइ छ । कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्नसक्ने कृषि प्राविधिकको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)