सार्वजनिक जग्गा संरक्षणमा आक्रामक पोखरा महानगर
nagariknews.nagariknetwork.com · Tue Jul 14 01:50:44 GMT 2026

पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो। प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको प्रशंसा गरे।
महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिंहचोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो। सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)