चुरे क्षेत्रमा सबैभन्दा धेरै वर्षा
annapurnapost.com · Tue Jul 14 01:47:07 GMT 2026

काठमाडौं : मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आएसँगै देशभर वर्षा सक्रिय बनेको छ। सोमबार चितवनमा सबैभन्दा धेरै २१९ मिलिमिटर वर्षा मापन भएको छ भने चुरे र तराईका अधिकांश क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारी वर्षासँगै नदीमा बहाव बढ्ने, डुबान तथा बाढी–पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक आएकाले राम्रो वर्षा भएको जानकारी दिए। उनका अनुसार अर्को साता पनि पुनः राम्रो वर्षा हुन सक्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)