सार्वजनिक जग्गा संरक्षणमा पोखरा महानगरको सक्रियता
nepalpress.com · Tue Jul 14 01:51:16 GMT 2026

गण्डकी । पोखरा महानगरपालिकाले पोखरा सभागृहमा गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे ।
महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिँहचोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)