सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
ratopati.com · Tue Jul 14 02:08:25 GMT 2026

बागलुङ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ ।
तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकिएको हो । तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभी, काठमाडौँले ठेक्का पाएको थियो । विसं २०८० वैशाखमै ग्राभेल सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पटक–पटक म्याद थप गरिएको थियो । गत मङ्सिरमा तेस्रो पटक म्याद थप गरिएको भए पनि काम नसकिएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक एक महिनाको म्याद थपिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)