पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी
onlinekhabar.com · Tue Jul 14 02:04:49 GMT 2026

३० असार, काठमाडौं । निरन्तरको वर्षाले पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रका बस्ती डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर १ को प्रगति टोल, वडा नम्बर ४ को झापर्दी टोल, बेल्डिहा लगायतका बस्ती डुबानमा परेका छन् ।
स्थानीयका अनुसार दर्जनौं घरमा बाढी पसेको छ । गैंडाकोट ४ का डिल्लीराज घिमिरेले भनेका छन्, ‘म यहाँ बसोबास गरेको करिब ५५ वर्ष पुरा भयो तर यतिको पानी आएको थिएन, बाढी व्यापक आएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)