विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ को मृत्यु
himalpress.com · Tue Jul 14 02:16:26 GMT 2026

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)