आलु, मूला, काउली, बोडी, करेला, घिरौला, च्याउदेखि खुर्सानीसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति ?
arthadabali.com · Tue Jul 14 02:20:25 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही हरियो तरकारीको भाउ बढेको छ । आज रातो आलु प्रतिकेजी ४७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३७ रुपैयाँ, स्थानीय काउली ७३ रुपैयाँ, रातो मूला ३१ रुपैयाँ ६७ पैसा, हाइब्री सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २८ रुपैयाँ ७५ पैसा, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ५६ रुपैयाँ २५ पैसा, झिगुनी प्रतिकेजी ५५ रुपैयाँ, मकै बोडी र सिमी ७५ रुपैयाँ, राजमा ९५ रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तितो करेला ३४ रुपैइाँ, लौका ३३ रुपौयँ ७५ पैसा, चिचिण्डो २७ रुपैयाँ ५० पैसा पर्नेछ ।
यसैगरी, घिरौलाको औसत मूल्य प्रतिकेजी ३७ रुपैयाँ २२ पैसा तोकिएको छ भने हरियो फर्सी, भिण्डी र स्कूस प्रतिकेजी ४५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, पालूगो साग ९६ रुपैयाँ ६७ पैसा, हरियो प्इाज ९३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४३२ रुपैयाँ ५० पैसा, चुकुन्दर ६३ रुपैयाँ ३३ पैसा, कागती १४५ रुपैयाँ, लोकल काक्रो ७७ रुपैयाँ ५० पैसा, हाइब्रीड काक्रो २५ रुपैयाँ, लोकलक्रस काक्रो ७५ रुपैयाँ, हरियो खुर्सानी (लाम्चो ७३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी (बुलेट) ६३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी (माछे) ६५ रुपैयाँ, हरियो खुर्सानी (अकबरे) २२५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ र हरियो धनियाँ २१६ रुपैयाँ ६७ पैसा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)