विवादमा सरकार : नागरिकको मुख थुनेर सत्ता चलाउने चाल
nagariknews.nagariknetwork.com · Tue Jul 14 02:20:18 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार एकपछि अर्को गर्दै विवादमा तानिएको छ। पछिल्लो पटक त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको मृत्यु, होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि सरकार थप आलोचित बनेको छ। सरकारको कार्यशैलीलाई लिएर विपक्षी राजनीतिक दल मात्र होइन, रास्वपाकै सांसद् आलोचनामा उत्रिएका छन्।
पार्टीभित्र र बाहिरबाट आलोचना र विरोध खेपिरहेको सरकार सोमबार बिहानदेखि थप विवादमा तानिएको छ। केही सञ्चारगृह र राजनीतिक दलका नेताका निवासअघि पार्किङ गरी राखिएका गाडीका कारण सरकार थप विवादमा तानिएको हो। विभिन्न स्थानमा बिहानैदेखि पार्किङ गरिएका निजी सवारीसाधन सत्तारुढ रास्वपानिकट व्यक्तिहरूका भएको खुल्न आएपछि सरकारमाथि पछिल्ला घटनाक्रमलाई विषयान्तर गर्न खोजेको आरोप लागेको छ। लोकतान्त्रिक शासन व्यवस्थाबाट प्रधानमन्त्री विस्तारै ‘डिरेल’ हुन लागेका बेला सञ्चारमाध्यमको मुख थुन्न र तिनलाई आतंकित पार्न सरकार नै लागिपरेको नेपाल पत्रकार महासंघ र विपक्षी दलहरूको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)