पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो
lokaantar.com

निरन्तरको वर्षा र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबार बिहानदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार मंगलबार (आज) बिहान ८ बजे सडकमा बाँकी रहेको पहिरो पूर्ण रूपमा हटाएपछि सवारी आवागमन सुचारु गरिएको हो।
बिहानैदेखि भारी मेसिन तथा लोडरहरू परिचालन गरी पहिरो सफा गरिएको सडक डिभिजनले जनाएको छ। सडक खुलेसँगै लामो समयदेखि बाटोमै अलपत्र परेका यात्रु तथा सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । सडक डिभिजन भरतपुरले सडक खुले पनि जोखिम पूर्ण रूपमा टिनसकेकाले सम्पूर्ण चालकहरूलाई लेन अनुशासनमा रहन, ओभरटेक नगर्न र सीमित गतिमा मात्र सवारी साधन चलाउन विशेष अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)