मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
nepalviews.com · Tue Jul 14 02:50:29 GMT 2026

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार बिहानैदेखि मेशिन परिचालन गरी पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि यातायात सेवा पूर्ण रूपमा सुचारु भएको हो।
सडक खुले पनि सो क्षेत्रमा अझै पहिरोको जोखिम कायमै रहेकाले सवारी चालकहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ। सडक डिभिजनले लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी साधन चलाउन सम्पूर्ण यात्रु तथा चालकहरूलाई विशेष अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)