बाढीले डुबायो विश्वकै ठूलो शालिग्राम शिला, पूजाअर्चना बन्द
kendrabindu.com · Tue Jul 14 03:20:18 GMT 2026

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो ।
शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)