मन्त्री चौधरीलाई किसानको प्रश्न : रोपाइँपछि आएको तीन किलो मलले के गर्ने?
nagariknews.nagariknetwork.com · Tue Jul 14 03:35:19 GMT 2026

‘हामीलाई रासायनिक मल ढिलो पठाउनुभएको छ। त्यही पनि जम्मा तीन केजी। कट्ठाको हिसाब लगाएर बाँड्दा सय ग्राम पनि पुगेन। घरधुरीको हिसाबले बाँडफाँट गर्दा प्रत्येक घरधुरी तीन किलो भागमा पर्यो। यस्तो अवस्थामा खेती गरेर किसान कसरी माथि बढ्न सक्छन्?’ खैरहनी नगरपालिका–१३ का वडाध्यक्ष कुलप्रसाद भुसालले किसानका समस्या बुझ्न चितवन आएकी कृषि, पशुपन्छी तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रश्न राख्दै भने। उनका अनुसार सो मल पनि किसानले रोपाइँ गरिसकेपछि पाएका छन्।
खैरहनी नगरपालिका– १३ लाई कृषि सामग्री लिमिटेडले असार १७ गते ९६ बोरा डिएपी मल पठाएको थियो। धान जोनसमेत रहेको यस क्षेत्रमा सो मल ज्यादै न्यून रहेको अध्यक्ष भूसालले मन्त्रीलाई सुनाए। ‘हाम्रो वडा ११.०८ वर्ग किलोमिटरमा फैलिएको छ। घर र सडक बनेको भू–भागबाहेक सबै जमिनमा धान खेती हुन्छ र उत्पादन बढाउन मल चाहिन्छ’, उनले मन्त्रीलाई प्रश्न राख्दै भने, ‘किसानले समयमा मल कसरी प्राप्त गर्न सक्छन्?’ उनले धानको जोन क्षेत्रमा रासायनिक मल बढी आवश्यक पर्ने भएकाले सोही अनुसार व्यवस्थापन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)