घर नजिकैको उपचारले बचायो ज्यान: हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोप्लास्टी
swasthyakhabar.com · Tue Jul 14 03:42:17 GMT 2026

काठमाडौं- मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर हर्ट अट्याक भएका ५५ वर्षीय एक बिरामीको नेपाल मेडिकल कलेजमा समयमै गरिएको एन्जियोग्राफी तथा एन्जियोप्लास्टीमार्फत सफल उपचार गरिएको छ । चिकित्सकको तत्परताका कारण मृत्युको मुखबाट फर्किएका बिरामी अहिले पूर्ण रूपमा खतरामुक्त अवस्थामा छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदी निवासी पदमबहादुर तामाङ (५५) लाई असार २४ गते बिहान अचानक तीव्र छाती दुख्ने, रिंगटा लाग्ने तथा अत्यधिक असहज महसुस हुन थालेपछि परिवारले सुरुमा सामान्य समस्या ठानेका थिए । स्थानीय झाँक्रीसमेत देखाइए पनि स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत नेपाल मेडिकल कलेजको इमरजेन्सी विभागमा ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)