रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
nepalpress.com · Tue Jul 14 03:58:13 GMT 2026

रामेछाप । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)