रोशी खोलामा बाढी घटेपछि बिपी राजमार्ग सञ्चालनमा
kendrabindu.com · Tue Jul 14 04:09:29 GMT 2026

रामेछाप । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका (होल्ड गरिएका) सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)