विद्युत् मर्मतमा खटिएको प्राधिकरणको स्कोरपिओ दुर्घटनाग्रस्त, दुई कर्मचारीको मृत्यु
kalakarmi.com · Tue Jul 14 04:53:50 GMT 2026

विराटनगर- विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् ।
सोमवार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो । सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)