खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
ratopati.com · Tue Jul 14 05:21:54 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी सैन्य कारबाहीपछि ‘९० प्रतिशत निष्क्रिय’ भएको दाबी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताएका छन् । यो दाबी अमेरिकाले हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको हो ।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्याएको दाबी गरेका छन् । उनका अनुसार इरानको नौसैनिक र वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)