बीमा र धितोको लोभले आफ्नै सुन पसलमा आफैँ चोरी, सीसीटीभीबाट खुल्यो सबै रहस्य
shilapatra.com · Wed Jun 10 15:10:29 GMT 2026

इलाका प्रहरी कार्यालय बुटवलमा १८ जेठमा बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको खबर आयो । घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थलमा पुग्यो । प्रहरी पुग्दा पसलबाट लकरसमेत खोलेर ठूलो परिणाममा सुनचाँदी चोरी भएको थियो ।
पसल सञ्चालक बुटवल–३ पुल्चोकका दीपक विक पोखरा गएको खबर प्रहरीले पायो । प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी सूक्ष्म अनुसन्धान सुरु गर्यो । पसलमा राखिएको सीसीटीभी क्यामेरा हेर्न खोज्दा बिग्रिएको थियो । त्यही पसलभित्र चाबीको एउटा ठूलो झुम्पो फेला परेको थियो । तर, त्यो चाबीको झुम्पो उक्त सुनचाँदी पसलको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)