सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढ्यो : निश्कल राई
ratopati.com · Tue Jul 14 05:55:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सुरक्षाघेराभित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढ्दै गएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रश्न गर्न नदिने प्रवृत्ति बढेको र लोकतन्त्रलाई संस्थागत हुन नदिने गरी एकपछि अर्को घटना भइरहेकाले आतंकको अवस्था सिर्जना भएको बताएका हुन्।