‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’ भन्दै प्रधानमन्त्रीमाथि सांसद राईको आक्रोश
kalakarmi.com · Tue Jul 14 05:59:53 GMT 2026

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् । उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको । यत्रो लामो समय भइसक्यो बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, त्यस्तै भयो अहि ले ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)