सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न -सिट बेल्ट नबाँधी गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?
annapurnapost.com · Tue Jul 14 06:03:19 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले ट्राफिक नियम कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारबाही हुने भए पनि सिट बेल्ट नबाँधी गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीमाथि किन कारबाही नहुने भन्दै प्रश्न गरे। ‘ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारण नागरिकलाई कारबाही हुन्छ भने सिट बेल्ट नबाँधेर गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ? कानुन सबैका लागि समान हुनुपर्छ,’उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)