उत्पादनमा आधारित अनुदानले किसान उत्साही
nagariknews.nagariknetwork.com · Tue Jul 14 05:43:39 GMT 2026

बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गानाको दिन बिहानै गोठबाट सुरु हुन्छ। पचासवटा गाईभैँसीको स्याहार, दूध दुहुनु, बजारसम्म पुर्याउनु र फार्म व्यवस्थापनमै दिन बित्छ। जसबाट उनी सन्तुष्ट छन्।
तर, पछिल्लो समय उनी सन्तुष्टसँगै उत्साही र थप आशावादी बनेका छन्। कारण हो, अनुदान। अहिले उनलाई अनुदानका लागि कार्यालय धाउनुपर्दैन, उत्पादनले नै उनको मिहिनेतको मूल्य निर्धारण गर्छ। ‘ढुङ्गाना कृषि तथा पशुपन्छी फार्म’ सञ्चालन गर्दै दैनिक करिब ३०० लिटर दूध उत्पादन गर्ने उनले बेनी नगरपालिकाको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट लगातार तीन वर्षसम्म वार्षिक रूपमा रु ४५ हजार प्राप्त गरेका छन्। उनका अनुसार रकम ठूलो नभए पनि यसले किसानलाई सम्मान र उत्साह दुवै दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)