एमाले युवा नेता वकिल बमसहित २४ जना समातिए
baahrakhari.com · Tue Jul 14 06:19:27 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का युवा नेता वकिल बमसहित २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार (असार २९) काठमाडौंको तीनपिप्लेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेकाको साथबाट नौ लाख ८० हजार २८५ रुपैयाँ बरामद गरिएको काठमाडौं परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)