गोल्डेन बुट दौड: मेसी र एम्बाप्पेलाई केन र हालान्डको चुनौती
lokaantar.com
फिफा विश्वकप २०२६ मा ठूला फुटबल स्टारहरूले शानदार प्रदर्शन गरिरहेका छन्। स्टारहरूको शानदार प्रदर्शनसँगै प्रतियोगितामा 'गोल्डेन बुट' जित्ने दौड पनि निकै रोमाञ्चक र तीव्र बनेको छ । इङ्लिस टोलीका कप्तान ह्यारी केनले प्रजातान्त्रिक गणतन्त्र कंगोविरुद्ध दुई गोल गरेसँगै उनी पनि गोल्डेन बुटको बलियो दाबेदारका रूपमा उभिएका छन्।
हाल अर्जेन्टिनी स्टार लियोनेल मेसी र फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पे ६–६ गोलसहित शीर्ष स्थानमा छन् । तर, नर्वेका एर्लिङ हालान्ड (५ गोल) र कंगोविरुद्ध दुई लेट गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याएका इङ्गल्याण्डका ह्यारी केन (५ गोल)ले उनीहरूलाई कडा चुनौती दिइरहेका छन् । ब्राजिलका विनेसियस जुनियर र एम्बाप्पेका सहकर्मी ओसमान डेम्बेले ४–४ गोलसहित उनीहरूभन्दा पछि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)