अन्तिम समयमा ह्यारी केन चम्किँदा डिआर कङ्गोमाथि इङ्ग्ल्यान्डको रोमाञ्चक जित
barnanmedia.com · Thu Jul 02 00:48:22 GMT 2026
काठमाडौं । कप्तान ह्यारी केनले अन्तिम समयमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई हारको मुखबाट फर्काएपछि डिआर कङ्गोलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुर्याएका छन् ।
इङ्ग्ल्यान्ड खेलबाट बाहिरिने संघारमा पुगेको अवस्थामा केन नायक बनेका थिए । खेलको सुरुवाती अग्रता ब्रायन सिपेङ्गाले दिलाएपछि डिआर कङ्गोले लामो समयसम्म त्यसलाई जोगाएको थियो । निर्धारित समय सकिन १५ मिनेट बाँकी रहँदासम्म इङ्ग्ल्यान्ड पराजयतर्फ उन्मुख देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)