मन्त्रालय घटाउने तयारी लुम्बिनी प्रदेश
canadanepal.com · Tue Jul 14 06:25:00 GMT 2026

दाङ - लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ। मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरिसकेको भए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक ठोस प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।
मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत मन्त्रालय समायोजनको विषय समेटेको छ। तर हालै मात्र बजेट पारित गरेको सरकारले मन्त्रालय घटाउने विषयमा औपचारिक रूपमा अघि बढ्न समय नपाएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)