पाल्पामा खोलाले बगाउदा दुई युवकको मृत्यु
annapurnapost.com · Wed Sep 02 14:25:28 GMT 2026

तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ मा खोलाले बगाउँदा दुई जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय बिपिन पोख्रेल र सोही ठाउँका २३ वर्षीय प्रबिन पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।
भदौ १५ गते बेलुकी अन्दाजी ८ बजे लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा सत्यवतीतर्फ गएकोमा भदौ १७ गते बिहान सम्म पनि सम्पर्कमा नआएपछि अस्थाई प्रहरी पोष्ट बेलबासमा खवर गरी खोजविन शुरु गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)