नेपालको प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्याण्ड प्रस्थान
kalakarmi.com · Tue Jul 14 06:35:55 GMT 2026

काठमाडौं- मिस सुप्रानेशनल नेपाल २०२६ पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न जुलाई १३ मा पोल्याण्डको क्राकाउ (Kraków) प्रस्थान गरेकी छन् । प्रतियोगिता पोल्याण्डको मालोपोल्स्का (Małopolska) क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य फाइनल जुलाई ३१ मा हुनेछ ।
पूर्णिमा कार्की कानुन स्नातक (Law Graduate) हुन् । उनी सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन् । मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)