दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
ratopati.com · Tue Jul 14 06:45:00 GMT 2026

विराटनगर । केही दिन यता अविरल वर्षाका कारण मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड फेरि अवरुद्ध भएको छ । यससँगै पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङको तराईसँगको सोझो सडक सम्बन्ध विच्छेद भएको छ । मुख्य राजमार्गमात्र नभई वैकल्पिक मार्गहरू समेत बाढी र पहिरोले बगाएपछि यी तीन जिल्लामा लैजाने अत्यावश्यक सामान सहज ढङ्गले पुग्न सकेको छैन ।
इलामको राजदुवाली खण्ड विगत चार दिनदेखि नै जोखिममा थियो । सोमबार सडक थप भासिएपछि साना तथा ठुला सबै प्रकारका सवारीसाधन ठप्प भएका छन् । राजमार्ग अवरुद्ध भएपछि तत्कालै प्रयोगमा ल्याइएको सिमलगोलाई–तिल्केनी वैकल्पिक मार्ग पनि जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि बन्द भएको छ । यस्तै, झापा जोड्ने केचना–कञ्चनजङ्गा फास्ट ट्रयाकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले यातायात सञ्चालन पूर्ण रूपमा ठप्प बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)