जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत भत्ता दिने हल्ला निराधार : नेपाल प्रहरी
nepalviews.com · Tue Jul 14 07:09:11 GMT 2026

काठमाडौं। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना काटेबापत उठेको रकमको २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको बताएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा "ट्राफिक प्रहरीले जरिवाना काटेबापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्" भन्ने आशयका समाचार र टिप्पणीहरू ध्यानाकर्षण भएको जनाएको हो। सत्तारूढ दल रास्वपाका सांसद मधु चौलागाईँले संसदीय समितिकै बैठकमा ट्राफिक प्रहरीले २५ प्रतिशत कमिसन पाउने गरेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)