बाँदरले हैरान पारेपछि अदुवा खेतीतिर लागे किसान
onlinekhabar.com · Tue Jul 14 07:45:43 GMT 2026

३० असार, पर्वत । पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् ।
गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए । गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ । यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)